८ वैशाख २०८१ शनिबार
राजनीति

जाजरकोटमा ८ हजार मत बदर

जाजरकोट-  मंसिर १० गते सम्पन्न चुनावमा  जाजरकोटमा  ८ हजार मत बदर भएको छ। मतदाता शिक्षाको अभावमा   ७ हजार ९ सय ९८ मत बदर भएको  हो ।  निर्वाचनमा  खसेको  ६० हजार ८ सय ५७ मत मध्य    ८ हजार मत वदर भएको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  कार्यालयका   अनुसार  प्रतिनिधि सभामा  ३ हजार  ९ सय ४० मत वदर भएको  छ भने   प्रदेश सभा क मा  दुइ हजार  ७९  र  प्रदेश सभा ख मा  एक हजार  नौ सय  ७९ मत बदर भएको  छ ।  जिल्ला निर्वाचन कार्यालयले सन्चालन गरेको  मतदाता शिक्षा प्रभावकारी नहुनु,दलका नेता कार्यकर्ताले  मतदातालाइ भोट हाल्ने तरीकावारे  प्रचार प्रचार  नगर्नु र  मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले पनि मत सदर गराउने उपायावारे  मतदाताहहरुलाइ नसुझाउनु मुख्य कारक रहेको बताइएको  छ ।मतदाता शिक्षाका लागि   लाखौं रकम खर्चिए पनि  अभियान प्रभावकारी नभएको  स्थानीय असलशासनकर्मी वालकुमार शर्माले वताए । उनले  नाम मात्रको मतदाता शिक्षाका गतिविधिहरु हुनु र यति  ठुलो मात्रामा  मत वदर हुनु  दुखको कुरा भएको उनको भनाइ  छ ।  मतदाताहरुले  ख्याल नगरेका कारण  मत वदर हुन गएको  जिल्ला निर्वाचन कार्यालयका  सुचना अधिकारी सतिषजंग शाहले वताए । उनले  मतदाता शिक्षा प्रभावकारी वनाउन सवैले  सहयोग गरेको भए वदर मत घटाउन सकिने बताए।

 

प्रकाशित: २३ मंसिर २०७४ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App