६ वैशाख २०८१ बिहीबार
राजनीति

खोटाङ प्रदेशसभा (क) मा वाम गठबन्धनका राजन बिजयी

खोटाङ– खोटाङमा प्रदेशसभा (क) मा बाम गठबन्धनका उम्मेद्वार बिजयी भएका छन्। शनिबार साँझ सम्पन्न मत परिणाम अनुशार वाम गठबन्धन (एमाले)का उम्मेद्वार राजन राई १८ हजार ९३३ मत ल्याएर प्रदेशसभा सदस्यमा बिजयी भएका हुन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेद्वार सुवासकुमार पोखरेलले १३ हजार ४११ मत पाएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राई र पोखरेलको मतान्तर ५ हजार ५२२ मत छ । मत गणना सकिए पनि अन्तिम परिणामलाई आधिकारिकरुपमा सार्वजनिक गरिएको छैन । प्रतिनिधिसभाको मत परिणाम आएपछि विजय/पराजय घोषणा गर्ने तयारी छ।

२०३९ सालदेखि अनेरास्वबियुबाट राजनितीमा होमिएका विजयी राई सफल गीतकार पनि हुन् । २०६४ साल र २०७० सालको संबिधानसभा निर्वाचनमा पाएको टिकटबाट बञ्चित हुनपुगेका राईले यसपल्ट प्रदेशसभामा बाजी मारेका हुन् । दुई–दुई पटक उम्मेद्वार पाउने निश्चित भएपछि आफ्नो चुनावी पोष्टर तयार पारेका राईले अन्तिममा टिकट नपाएपछि दुधकोसीमा पोष्टर बगाएका थिए। हाल एमालेका बैकल्पिक केन्द्रीय सदस्य रहेका राईका ‘जीन्दगी यो फूलैफूलको थुंगो हुँदैन’, ‘ऐठन होला–होला जस्तो लाग्यो’ चर्चित गीत हुन् । सालिन स्वभावका राजनले २०६२/०६३ सालको जनआन्दोलनका क्रममा सात विद्यार्थी संगठनको नेतृत्व गर्दै राजाको ‘कु’ बिरुद्ध औंला ठड्याएका थिए ।

प्रकाशित: २३ मंसिर २०७४ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App