८ वैशाख २०८१ शनिबार
राजनीति

हार स्वीकार्दै दमनाथले भने,'भूतले खाजा खाने बेलामा उठिएछ'

दमननाथ ढुंगाना। फाइल तस्विर

काठमाडौं—भक्तपुर(२ का नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुंगाना पराजयको नजिक छन्। बाम गठबन्धनका उम्मदेवारसँग झन्डै दोब्बर मतले पछि परेका उनले आफू गलत समयमा उम्मेदवार भएको अभिव्यक्ति दिएका छन्।

भुतले खाजा खाने बेलामा उठिएजस्तो छु, ढुंगानाले ट्विट गर्दै भनेका छन्।
भक्तपुर-२ को पछिल्लो परिणामअनुसार वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार महेश बस्नेत २४ हजार ८६५ मत पाएर अगाडि छन्। ढुंगानाको १२ हजार मात्र छ।

उनले राजनीतिमा हार नहुने दाबी पनि गरेका छन्। 'राजनीतिमा हार हुँदैन। सार्वजनिक सेवा भएकाले समर्पण जारी रहन्छ। मतदाताले जिम्मेवारी भने तोकेर दिन्छन् जसलाई हामी विजेता भन्छौं', उनले ट्विट गर्दै भनेका छन्, 'विजेताहरूलाई सहर्ष बधाई तथा जिम्मेवारी बहनको सफलताको शुभकामना।'

६५ हजार मत खसेकोमा करिब २२ हजार मत गणना हुन बाँकी हुँदै उम्मेदवार ढुंगानाले हार स्वीकारेका हुन्।

भूतले खाजा खाने बेला उठिएजस्तो छ!

— Daman Nath Dhungana (@daman_nath) December 9, 2017

राजनीतिमा हार हुँदैन। सार्वजनिक सेवा भएकाले समर्पण जारी रहन्छ। मतदाताले जिम्मेवारी भने तोकेर दिन्छन् जसलाई हामी विजेता भन्छौँ। विजेताहरूलाई सहर्ष बधाई तथा जिम्मेवारी बहनको सफलताको शुभकामना।

— Daman Nath Dhungana (@daman_nath) December 9, 2017

प्रकाशित: २३ मंसिर २०७४ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App