coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुलीका दुई वटै क्षेत्रमा वाम गठबन्धनको अग्रता कायमै

सिन्धुली –सिन्धुलीमा प्रतिनिधि सभा सदस्य तर्फको पछिल्लो मतपरिणाम सार्वजानिक हुँदा हालसम्म सिन्धुलीका दुबै क्षेत्रमा वाम गठबन्धनको अग्रता कायम रहेको छ। 

प्रतिनिधि सभा क्षेत्र न. १ मा वाम गठबन्धनका गणेश पहाडी र नेपाली काँग्रेसका प्रेमचन्द्र दाहाल चुनावी मैदानमा रहेपनि हालसम्म सार्वजानिक भएको मतपरिणाम अनुसार झन्डै पाँच हजार माथि मतान्तरणले बाम गठबन्धन अग्र स्थानमा देखिएको छ। 

यस्तै क्षेत्र  दुईमा पनि वाम गठबन्धनका हरिबोल गजुरेलले मतान्तरण बढाउँदै लगेका छन् । वाम गठबन्धनका हरिबोल गजुरेल र नेपाली काँग्रेसका नरेन्द्रजङ थापाबीच चुनावी प्रतिस्पर्धा भएको थियो । वाम गठबन्धनका गजुरेलले १३ हजार ९ सय ४४ मत हालसम्म प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका थापाले ५ हजार ९ सय ९४ मत प्राप्त गरेका छन्। यस्तै क्षेत्र नं. १ का वाम गठबन्धनका पहाडीले १६ हजार ६ सय ५० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका प्रेमचन्द्र दाहालले ११ हजार ८५ मत प्राप्त गरेका छन्। 

जिल्ला अदालत भित्र जारी रहेको मतको अन्तिम परिणाम आइतबारसम्म आउने मुख्य निर्वाचन अधिकृत पुण्डेश्वर उपाध्यायले जानकारी दिए ।  सिन्धुली क्षेत्र न १ मा ९२ हजार ९० मतदाता रहेकोमा ६० हजार ८ सय २ मत र क्षेत्र नं २ मा ८९ हजार ४ सय २८ मतदाता रहेकोमा ५४ हजार ४ सय ९० मत खसेको निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए।  

 

प्रकाशित: २३ मंसिर २०७४ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App