coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

वाम गठबन्धन कार्यकताको कुटाइबाट चार प्रहरी घाइते

बझाङ—वाम गठबन्धनका कार्यकर्ताको आक्रमणमा परी गस्तीमा रहेका चारजना प्रहरी घाइते भएका छन्। गठबन्धनका कार्यकर्ताले प्रहरीको गाडीमा तोडफोड समेत गरेको छ। शुक्रबार राति जिल्ला वन कार्यालय अगाडि रहेको प्रहरी गस्तीलाई लक्ष्य गरी मदिरा सेवन गरेका उनीहरुले ढुंगामुडा गरेका थिए।

ढुंगा लागेर प्रहरी जवानहरु हेमराज पनेरु, लक्ष्मी भट्ट, तेजबहादुर चन्द र यज्ञराज जोशी घाइते भएको प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी दिए। धाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

ढुंगामुडा गर्दा प्रहरीको गाडीमा समेत क्षति पुगेको छ। ढुंगा लाग्दा वडाप्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथको सञ्चार सेटमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक रामसिंह बाहोराले बताए।

तोडफोडमा संलग्न रहेको शंकामा खप्तड छान्ना गाउँपालिका– १ का मुकुन्द थापा, थलारा गाउँपालिका– २ का रमेश खाती र भक्त खातीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाएको बोहराले जानकारी दिए।

मतपरिणाम सार्वजनिक भएपछि बजारमा विजय उत्सव मनाइरहेका वाम गठबन्धनका कार्यकर्ताले सो आक्रमण गरेका बताइएको छ। वडा प्रहरी कार्यालयको टोलीले स्थिति नियन्त्रण गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षा टोली मगाउनुपरेको थियो।

 

प्रकाशित: २३ मंसिर २०७४ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App