धनुषा- धनुषा ३ मा राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोले झन्डै २ हजारको अग्रता लिएका छन् ।
राजपाका राजेन्द्र महतोले २००४३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका विमलेन्द्र निधिले १८३४० मत प्राप्त गरेका छन् । यसैगरी माओवादीका रामसिंह यादवले १४५९ मत प्राप्त गरेका छन् ।
धनुषा ३ को प्रदेश सभा तर्फ क मा कांग्रेस रामसरोज यादवले ९९७०, राजपा कविन्द्र ठाकुरले ७९६७, एमाले दिपेन्द्र यादवले ३२५८ प्राप्त गरेका छन् । प्रदेश सभा ३ (२) कांग्रेस श्याम साहले ७४५१, राजपा परमेश्वर साहले ११३२८ र माओवादी कामेश्वर महतोले ६६० मत प्राप्त गरेका छन् ।
प्रकाशित: २३ मंसिर २०७४ ०९:५४ शनिबार