coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भोजपुरबाट प्रदेश सभामा राजेन्द्र राई विजयी

भोजपुर- भोजपुरको  प्रदेश सभा क मा नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार राईले लोकतान्त्रिक गठबन्धनका अजम्वर काङमाङ राईलाई पराजित गरेका हुन् । जम्मा ३४ हजार ९ सय ५८ मत खसेकोमा राजेन्द्रकुमार राईले १९ हजार २ सय ९७ मत ल्याएका हुन् । उनका प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनका अजम्बर काङमाङ राईले ११ हजार ५ सय ४१ मत ल्याएका छन् । राजेन्द्रकुमार राईले ७ हजार ७ सय ५६ मतान्तरले पछि पार्दै विजयी बनेका हुन् ।

प्रदेश सभा ख मा शेरधन राई विजयी भैसकेका छन् । अव प्रनिनिधि सभाको मात्र मत परिणाम आउन बाँकी छ ।

प्रकाशित: २३ मंसिर २०७४ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App