८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाब सम्पन्न गरेकोमा नेपाललाई राष्ट्रसंघको बधाई


काठमाडौ– नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले स्वागत गर्दै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पनन गरेकामा नेपाललाई बधाई दिएका छन् ।  गुटरेजले निर्वाचनका बाँकी चरण पूरा गर्न सबै दलहरुले निर्वाचन गराएजस्तै व्यवहार प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुसार नेपालको संघीय संरचनालाई मूर्तरुप दिन भर्खर सम्पन्न निर्वाचनहरु ऐतिहासिक बन्ने गुटरेजले उल्लेख गरेका छन् । 

नेपालमा समावेशी एवं प्रतिनिधिमूलक शासन प्रणालीलाई फराकिलो पार्न सरकार, राजनीतिक दल र नागरिक समाजका अगुवाहरुलाइ गुटरेजले प्रोत्साहित गरेका छन् । नेपालको यो प्रयत्नमा राष्ट्रसंघको संधै सहयोग रहने पनि महासचिव गुटरेजले उल्लेख गरेका छन् । 

 

प्रकाशित: २३ मंसिर २०७४ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App