रुकुम— सल्यान प्रदेश ख बाट नेकपा एमालेका उम्मेदवार प्रकाश ज्वालाले अग्रता कायम राखेका छन्। उनले एक हजार छ सय ४३ मत अन्तरले अग्रता लिइरहेका छन्।
उनलाई काँग्रेसका डिल्ली रेग्मीले पछ्याई रहेका छन्। सुरु देखि नै अग्रता कायम राखेका ज्यावाले तीन हजार छ सय ९७ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका रेग्मीले दुई हजार ५४ मतले पछाडि छन्।
रेग्मीलाई राप्रपाका राजेन्द्रबीर राईले पछ्याएका छन्। राईले नौं सय ९६ मत प्राप्त गरेका छन्। काँग्रेस र राप्रपा एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा थिए भने ज्वालालाई नेकपा माओवादी केन्द्रले सहयोग गरेको छ।
प्रकाशित: २३ मंसिर २०७४ ०५:५५ शनिबार