coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुनसरीको दुइटामा एमाले र दुइटामा कांग्रेस अगाडि

इटहरी- प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधसभामा बाम गठबन्धनका उम्मेदवार जयकुमार राईको अग्रता कायमै छ ।  जयकुमारले छ हजार ५४३ मत ल्याएका छन् ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अशोक राईले तीन हजार ४५४ मत ल्याएका छन् । क्षेत्र नं. १ ‘क’ तर्फ बाम गठबन्धन एमालेका प्रदिप भण्डारीले पाँच हजार २२८ र लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेसका किशोर राईंले चार हजार २३० मत ल्याएका छन् । क्षेत्र नं. २ मा प्रतिनिधीसभामा काँग्रेसका सीताराम मेहताले चार हजार ८५९ र बाम गठबन्धन माओवादी केन्द्रका डम्मरु सुवेदीले तीन हजार ९९६ मत ल्याएका छन ।
क्षेत्र नं. ३ मा बाम गठबन्धनकी भगवती चौधरीको अग्रता कायमै छ । उनले अहिलेसम्म पाँच हजार १३८ ल्याएकी छन् भने काँग्रेसका बिजयकुमार गच्छदारले तीन हजार ७४४ मत ल्याएका छन् ।  
यस्तै, क्षेत्र नं. ४ मा प्रतिनिधीसभामा नेपाली काँग्रेसका ज्ञानेन्द्र कार्कीले सात हजार ५२५ मत ल्याएका छन् भने बाम गठबन्धनका एमालेका रमेश श्रेष्ठले पाँच हजार ६९५ मत ल्याएका छन् । ४ को ‘क’ तर्फ बाम गठबन्धनका जगदीस कुसियतले छ हजार ७८० र नेपाली काँग्रेसका रेवती दुलालले पाँच हजार ३३१ मत प्राप्त गरेका छन् । 

प्रकाशित: २३ मंसिर २०७४ ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App