coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा.बाबुराम भट्टराई ३ हजार मतले अगाडि

गोरखा—प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तीन हजार ६८ मतान्तरले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अघि छन्।

आज बिहानसम्म ४१ हजार १२२ मतगणना हुँदा डा.भट्टराईले २० हजार ८९७ र श्रेष्ठले १७ हजार ८२९ मत प्राप्त गरेका छन्। गोरखा–२ मा ६० हजार मत खसेको थियो। अब १९ हजार मतगणना गर्न बाँकी छ। डा।भट्टराई लोकतान्त्रिक गठबन्धनबाट आफ्ना पूर्वसहयोद्धा श्रेष्ठसँग प्रतिस्पर्धामा छन्। श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार हुन्।

गोरखा २ (क) मा नयाँ शक्तिका हरिशरण आचार्यले १० हजार ७७३ र माओवादी नेत्री कमला नहर्कीले नौ हजार तीन मत ल्याएका छन्। यहाँ २० हजार ९५९ मतगणना भएको छ। यस्तै गोरखा २ (ख) प्रदेशमा काँग्रेसका प्रकाशचन्द्र दवाडीले १० हजार ९१९ र माओवादी केन्द्रका अमर तमुले नौ हजार ६०७ मत ल्याएका छन्। यहाँ २१ हजार ८२२ मतगणना भएको छ।

गोरखा–१ मा वाम गठबन्धनका उम्मेदवार लोकतान्त्रिक गठबन्धनभन्दा धेरै अघि छन्। माओवादी नेता हरिराज अधिकारीले १५ हजार २९८ मत ल्याएका छन् भने काँग्रेसका नेता चीनकाजी श्रेष्ठले १३ हजार २२२ मत ल्याएका छन्। यहाँ ३२ हजार ५२० गणना भएको छ।

गोरखा १ प्रदेश ९क० मा माओवादी केन्द्रका लेखबहादुर थापाले ११ हजार २२ मत ल्याउँदा काँग्रेस नेता धीरन थापाले नौ हजार ३५९ मत ल्याएका छन्। यहाँ २२ हजार ४१ मतगणना भएको छ। यस्तै गोरखा १ प्रदेशसभा ९ख० मा एमालेका रामशरण बस्नेतले ११ हजार २२ मत ल्याउँदा काँग्रेसका राजेन्द्र बजगार्इँले आठ हजार ८७० मत ल्याएका छन्।
 

प्रकाशित: २३ मंसिर २०७४ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App