८ वैशाख २०८१ शनिबार
राजनीति

चितवन ३ : दाहाल फराकिलो अग्रतातर्फ

चितवन– प्रतिनिधि सभा सदस्य पदका लागि चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरुवाती परिणाममा पछाडी परे पनि अहिले उनले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर बढाउँदै लगेका छन् । दाहालसँग काँग्रेसको समर्थनमा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार तथा वन मन्त्री विक्रम पाण्डे प्रतिस्पर्धामा छन् ।
    अहिले बिहान सबेरै प्राप्त मत गणना विवरणमा दाहालले तीन हजार ५७ मत ल्याएका छन् । राप्रपा प्रजातान्त्रिकका पाण्डेको एक हजार ९२७ मत आएको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नं. ३ का साहायक निर्वाचन अधिकृत केशव पौडेलले सो जानकारी दिएका हुन् । पौडेलका अनुसार क्षेत्र नं. ३ मा अहिलेसम्म पाँच हजार ३५५ मत गणना भएको छ । जसमा १९१ मत बदर भएको उनले बताए ।
    प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा सवै क्षेत्रहरुमा बाम गठबन्धनका उम्मेदवारहरुको नै अग्रता छ । चितवनमा कुल मतदाता तीन लाख ५४ हजार ३६ रहेकोमा बिहिबार सम्पन्न मतदानमा ७३ प्रतिशतभन्दा बढी अर्थात दुई लाख ६१ हजार ४८ मत खसेको थियो । दहाल उम्मेदवार रहेको क्षेत्रमा एक लाख २५ हजार मतदाता रहे पनि ९३ हजार ८२६ मत खसेको थियो ।

प्रकाशित: २३ मंसिर २०७४ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App