८ वैशाख २०८१ शनिबार
राजनीति

कडा टक्करकाबीच काठमाडौं १ मा प्रकाशमान सिंह विजयी

काठमाडौं- काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन्। आज बिहान २ बजे घोषणा भएको मतपरिणामअनुसार नेता सिंह आफ्ना निकटम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८१८ मतले पछाडि पार्दै विजयी भएका हुन्।

काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले काँग्रेस नेता सिंहले १० हजार ९३६, विवेकशील साझाका मिश्रले १० हजार ११८ र वाम गठबन्धनका अनिल शर्माले पाँच हजार ३३६ मत प्राप्त गर्नुभएको जानकारी दिए।

प्रकाशित: २३ मंसिर २०७४ ०१:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App