coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पर्वतमा बामगठबन्धन अगाडि

पर्वत- बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बामगठबन्धन अगाडि देखिएको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र रहेको पर्वतमा तीन वटै क्षेत्रमा बामगठबन्धनको अग्रता छ।

कुश्मा नगरपालिका वडा नम्बर १ पाङ र फलेबास नगरपालिका वडा नम्बर २ थापाठानाको मत गन्दा प्रतिनिधिसभामा एमालेका पदम गिरीले दुई हजार एक सय ३१ मतसहित अग्रता लिएका छन् । काँग्रेसका अर्जुनप्रसाद जोशीले एक हजार पाँच सय ७१ मतसहित पछ्याएका छन् ।

प्रदेशसभातर्फ पर्वत १ मा नेकपा माओबादी केन्द्रका नेत्र अधिकारीले एक हजार तीन सय ५१ मत ल्याएर अग्रता बनाएका छन्। काँग्रेसका नवराज गुरुङले आठ सय ५८ मत प्राप्त गरेका छन् । उता पर्वत–२ मा एमालेका विकास लम्सालले सात सय ७१ मत र काँग्रेसका राजेन्द्रप्रसाद तिवारीले सात सय तीन मत प्राप्त गरेका छन् ।

प्रकाशित: २२ मंसिर २०७४ १५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App