८ वैशाख २०८१ शनिबार
राजनीति

धनकुटामा बाम गठबन्धनका उम्मेदवारको अग्रता

धनकुटा-  धनकुटामा प्रतिनिधि र प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। मतगणना सुरुवात भएदेखि नै बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन्। लोकतान्त्रिक गठबन्धनको गढ क्षेत्रहरु मौनाबुधुक, चानुवा, सिधुवा र लेगुवामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

राती साढे सात बजे सम्म सार्बजनिक भएको मत परिणाम अनुसार प्रतिनिधि सभामा बाम गठबन्धनबाट एमाले उम्मेदवार राजेन्द्र राई अग्रता कायम राखेका छन् । उनले २ हजार ८१२ मत प्राप्त गरेका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका  सुनिलबहादुर थापाले १ हजार ८१४ मत प्राप्त गरेर पच्छाई रहेका छन् । राई र थापा २०७० सालको संविधानसभामा पनि धनकुटा क्षेत्र नं. २ मा भिडेका थिए । त्यतिवेला थापाले जितेका थिए । धनकुटामा ६९ हजार ४०३ मत खसेको थियो।

त्यसैगरी धनकुटाको प्रदेस सभा  क निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट एमाले उम्मेदवार निरन राईले १ हजार ९३४ मत प्राप्त गरी अग्रता लिएका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार मनोहर नारायण श्रेष्ठले १ हजार ३१३ मत प्राप्त गरी पच्छाई रहेका छन्।

प्रदेश सभा ख मा पनि बाम गठबन्धनबाट एमालेका उम्मेदवार ईन्द्रमणी पराजुलीले २ हजार ५०४ मत प्राप्त गरी अग्रता लिएका छन्। उनलाई  लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजबादी फोरमका अर्जुन थापाले १ हजार ३३ मत प्राप्त गरी पच्छाई रहेका छन्।

 

प्रकाशित: २२ मंसिर २०७४ १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App