७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओखलढुंगामा यज्ञराज सुनुवारको अग्रता

खोटाङ– ओखलढुंगामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मतान्तर १ हजार १४३ देखिएको छ। पछिल्लो मत गणना अनुशार एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार यज्ञराज सुनुवारले १६ हजार ६४२ मत सहित अग्रता कायम गरेका छन्। यस्तै, कांग्रेसका उम्मेद्वार रामहरि खतिवडाले १५ हजार ४९९ मत सहित सुनुवारलाई पछ्याइरहेका छन् । उत्तिकै प्रभावशाली मानिने दुई उम्मेद्वारको चुनावी रस्साकस्सीले ओखलढुंगाको माहोल तातेको छ । जितको विषयमा दुबैपक्षमा आ–आफ्नै दाबी रहेको छ ।

यस्तै, प्रदेशसभा (क) मा एमालेका अम्बिरबाबु गुरुङले आफ्नो अग्रतालाई कायम राखेका छन् । करिब ५ हजार मतले गुरुङ पछि कांग्रेसका मित्रसेन दाहाल छन् । रातीसम्ममा प्रदेशसभा (क) को मत परिणाम प्राप्त हुने जनाइएको छ । ओखलढुंगामा प्रदेशसभा (क) को मत परिणाम आए लगत्तै प्रदेशसभा (ख) को मत गणना सुरु हुने मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्ला समन्वय समितिको कार्यालयको कोठामा तार जालीको घेरा बारा बाहेक सिसि क्यामेरा समेत जडान गरेर मत गणना भइरहेको छ । १ लाख २ हजार २५० मतदाता रहेको ओखलढुंगामा करिब ६४ प्रतिशत मत खसेको थियो ।

प्रकाशित: २२ मंसिर २०७४ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App