coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काठमाडौँ ९ मा एमाले, १० मा काँग्रेसको अग्रता

काठमाडौँ – काठमाडौँ क्षेत्र नं ९ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रस्थानमा देखिएको छ। 

बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन् । काठमाडौँ ९ मा खसेको कूल मत तीन हजार ३५१ मध्ये श्रेष्ठले एक हजार ७६५ मत प्राप्त गरेका छन्। 

नेपाली काँग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जीतले ९३८ मत प्राप्त गरेको काठमाडौँ क्षेत्र नं ९ का मतदान अधिकृत विदुर काफ्लेले जानकारी दिए। त्यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले ४१६ प्राप्त गरेका छन्। काठमाडौँ ९ मा ६७ हजार ६५१ मतदाता छन् भने यहाँ ४८.४७ प्रतिशत मात्रै मत खसेको हो। 

क्षेत्र नं १० मा अहिलेसम्म गणना भएको कूल मत दुई हजार ६०४ मध्ये नेकाका उम्मेदवार राजेन्द्र केसीले एक हजार ४५९ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यले ७९३ र विवेकशील साझा पार्टीका उम्मेदवार प्रदीप ढकालले ६३ मत प्राप्त गरेका छन्। 

काठमाडौँ १० मा ७१ हजार २०१ मतदाता छन् भने यहाँ ७७.३९ प्रतिशत खसेको छ । काठमाडौँ क्षेत्र नं ९ र १० को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ। 

प्रकाशित: २२ मंसिर २०७४ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App