८ वैशाख २०८१ शनिबार
राजनीति

रौतहट र धनुषामा राजपाको अग्रता

रौतहट – प्रतिनिधि सभाको मतगणना प्रदेश नम्वर २ मा आज बिहानबाट सुरु भएको छ । ताजा परिणाम अनुसार रौतहटको १ नम्बर र धनुषा ३ नम्बर क्षेत्रबाट राजपा नेपालका उम्मेदवारले नेपाली काँग्रेस माथि अग्रता लिएका छन् । 

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यद्वय अनिलकुमार झा र राजेन्द्र महताले नेपाली काँग्रेसका उम्मेदवार माथि अग्रता कायम गरेको छ । रौतहटको निर्वाचन क्षेत्र नम्वर १ मा राजपा नेपालका उम्मेदवार झाले नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद यादव र धनुषा ३ मा राजपा नेपालका महतोले काँग्रेसका विमलेन्द्र निधि लाई पछाडि पार्दै आफ्नो अग्रता कायम गरेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त भएको जानकारी अनुसार झालाई १४५३ र नेपाली काँग्रेसका यादवलाई १०४८ मत पाएको छ भने धनुषा ३ मा महतोले २७१० र निधीले २३६२  मत प्राप्त गरेका छन् । राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको गठबन्धनका उम्मेदवार काँग्रेसका दिग्गज नेता माथि हावी हुँदै गएको देखिएको छ । राजपाका उम्मेदवारद्वय महतो र झा पछिल्लो पटक भएको दोश्रो संविधान सभाको निर्वाचनमा पराजित भएका थिए।

अहिले रौतहटका चारवटै निर्वाचन क्षेत्रको मतगणणा सुरु भएको छ । सदरमुकाम गौर स्थित जुद्ध उच्च माध्यमिक विद्यालयमा चालिरहेको मतगणणामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। गणनाकार्य शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गराउनको लागि तार जालीले घेरा हालेर मतगणणा कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले बताएका छन्।  

 

प्रकाशित: २२ मंसिर २०७४ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App