८ वैशाख २०८१ शनिबार
राजनीति

कास्कीमा मतगणना शुरु

पोखरा – बिहीबार सम्पन्न कास्कीको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना शुरु भएको छ। 

तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा हिजोको निर्वाचनमा कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो। 

प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगागाल सुवेदीले जानकारी दिए। 

उनका अनुसार क्षेत्र नं १ को क्षेत्रीय शिक्षा कार्यालय, क्षेत्र नं २ को डिभिजन सहकारी कार्यालय र क्षेत्र नं ३ को जिल्ला समन्वय समितिबाट मतगणना भइरहेको छ। 

प्रकाशित: २२ मंसिर २०७४ ०९:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App