हुम्ला – हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । लामाले ८ हजार ४ सय ९१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् । माअाेवादी केन्द्रबाट टिकट नपाएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
हुम्लामा माओवादी केन्द्रका छिमीदोर्जे लामाले २८५६ मत प्राप्त गरे भने नयाशक्तीका तुल बहादुर शाहीले ३८२ मत प्राप्त गरे ।
प्रकाशित: २२ मंसिर २०७४ ०८:१५ शुक्रबार