६ वैशाख २०८१ बिहीबार
राजनीति

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

रसुवा - प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गरेका छन् । 

यसैगरी, प्रदेश (क) मा नेपाली काँग्रेसका प्रभात लामाले पाँच हजार ३११ मत तथा नेकपा (एमाले)का करन्याल तामाङले चार हजार ३६९ मत प्राप्त गरेका छन् । प्रदेश ‘ख’ मा मतगणना हुन सकेको छैन । (रासस)

प्रकाशित: २२ मंसिर २०७४ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App