काठमाडौं—प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं १ को प्रारम्भिक मतपरिणाम आएको छ। दुई हजार मत गणना सो क्षेत्रमा काँग्रेस उम्मेदवारलाई विवेकशील साझाका उम्मेदवारले कडा टक्कर दिएका छन्। नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंह ९४० मतसहित अग्रस्थानमा छन्।
विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले ६७५ मत ल्याएर सिंहलाई पछ्याइरहेका छन्। वाम गठबन्धनका उम्मेदरवा अनिल शर्मा तेस्रो स्थानमा छन्। उनले २६८ मत पाएका छन्।
काठमाडौं वडा नं.३१ सहित रहेको क्षेत्र नं.१ मा करिब ४१ हजार मतदाता थिए।
प्रकाशित: २२ मंसिर २०७४ ०७:२३ शुक्रबार