८ वैशाख २०८१ शनिबार
खेल

ब्राजिललाई बराबरीले धक्का

रियो दी जेनेरियो- ब्राजिल र सुपर स्टार नेइमारलाई गिज्याइएको बिहीबार खेलमा ब्राजिलले ओलम्पिकमा पुरुष फुटबलमा दस खेलाडीमा समेटिएको दक्षिण अफ्रिकासँग गोलरहित बराबरी खेलेको छ।

अहिलेसम्म ओलम्पिकमा स्वर्ण पदक जित्न नसकेको ब्राजिलले यसपालि जित्ने अपेक्षा गरिएको छ। बार्सिलोनाका स्टार नेइमार यसपालि ओलम्पिक फुटबलको सबैभन्दा ठूलो नाम हो। दुई वर्षअघि घरेलु मैदानमै सम्पन्न विश्वकपको सेमिफाइनलमा ब्राजिल जर्मनीसँग७–१ ले पराजित भएको थियो। यही ओलम्पिकमार्फत ब्राजिलले फुटबलमा आफ्नो छवि उकास्ने अपेक्षा गरिएको थियो।

दक्षिण अफ्रिकाका मोथोबी एभाले ६० औं मिनेटमा रातो कार्ड पाएपनि ब्राजिलले गोलको खाता खोल्न सकेन। जसका कारण अन्तिम सिठीपछि दर्शकले ब्राजिल टोलीलाई गिल्ला गरेका थिए।

'हाम्रा लागि बराबर भनेको हार हो। हामी जितका लागि मैदान गएका थियौं। हामीलाई आफ्नो जिम्मेवारी थियो। हामीलाई यो पनि थाहा छ कि अब सहज हुने छैन,' नेइमारले भने,'यो स्वर्ण पदक जित्ने प्रसंग मात्र होइन। '

समूह 'ए' को अर्को खेलमा इराक र डेनमार्कबीचको खेल पनि गोलरहित बराबरीमा टुंगियो। ओलम्पिकको महिला र पुरुष फुटबल देशका ६ सहरमा भइरहेको छ। ब्राजिलको खेल हेर्न ७० हजार दर्शक क्षमताको रंगशाला झन्डै भरिएको थियो।

तर नेइमार, म्यानचेस्टर सिटीले हालै २ करोड ७० लाख पाउन्डमा सम्झौता गरेका गाब्रियल जेसुस र पेरिस सेन्ट जर्मेनका मार्कक्विनोज अपेक्षाअनुसार खरो उत्रन सकेनन्। दक्षिण अफ्रिकाका नेबो मोथिबालेले सुरुआतमै गोल गर्ने अवसर पाएका थिए तर सफल भएनन्।

'जुनसुकै प्रतियोगिताको पहिलो खेल सधैँ कठिन हुन्छ,' नेइमारले भने,'यसले हामीलाई केही दुःखी बनाएको छ।'

कप्तान समेत रहेका नेइमारले पहिलो हाफमा पेनाल्टी बक्स बाहिरबाट दुईटा राम्रो प्रहार गरे। तर दक्षिण अफ्रिकाका गोलकिपर इतुमेलेङ कुनेले जोगाए। खेलपछि कुनेले भविष्यमा आफ्ना नातिनातिनासँग बार्सिलोनाका स्टारलाई रोकेको सुनाउने बताए। 'यो क्षणमा म एकदमै खुसी छु। यो मेरा लागि विशेष हो,' कुनेले भने,'निश्चय नै म आफ्ना नातिनातिनालाई यो खेलको डिभिडी देखाउनेछु।'

दोस्रो हाफको सुरुआतमा खेलमा दक्षिण अफ्रिका हाबी भएको थियो। मोथिबा र कप्तान केगेन डोलीले राम्रो अवसर पनि पाए। तर, त्यसको केही समयपछि थोरै समयको अन्तरमा एमभालाले दोहोरो पहेँलो कार्ड दर्शक गर्दै मैदान छोडेपछि दक्षिण अफ्रिका १० खेलाडीमा समेटिएको हो। त्यसपछि भने ब्राजिलले खेलमा फर्कने प्रयास गरेको थियो।

तर अन्तमा दक्षिण अफ्रिका घरेलु टोलीलाई बराबरीमा रोक्न सफल भयो। 'जिका' भाइरस र राजनीतिक कारणले अशान्त ब्राजिलमा पहिलो खेलको बराबरीले अर्को समस्या थपिदिएको छ।

युरो च्याम्पियन पोर्चुगलले रियोमा ब्राजिली दर्शकमाझ अर्जेन्टिनालाई २–० ले निराश पारेको थियो। दुवै टोली स्टार खेलाडीको खोजीमा छन््। तीनवटा महŒवपूर्ण फाइनल हारेपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका लियोनल मेसी जस्तै भविष्यको स्टारको खोजीमा अर्जेन्टिना रहेको छ। अर्कोतिर ३१ वर्ष पुगिसकेका स्टार क्रिस्टियानो रोनाल्डोको टोलीमा पनि नयाँ पुस्ता खोजी भइरहेको छ। गोन्जालो पासिनासिाले ६६ औं मिनेटमापहिलो गोल गरे भने खेल सकिन ६ मिनेट बाँकी रहँदा पिटेले अर्को गोल थपे। समूह 'डी' को अर्को खेलमा होन्डुरसले अल्जेरियालाई ३–२ ले हराएको थियो।

समूह 'सी' मा जर्मनी र साबिक विजेता मेक्सिकोबीचको खेल २–२ को बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा १० मिनेटभित्र तीन गोल भएको खेलमा मेक्सिकोले २–१ को अग्रता लिएको थियो। तर खेल सकिन १२ मिनेट बाँकी रहँदा माथिस गिन्टेरले बराबरी गोल फर्काए। त्यसअघि ओरिबी पेराल्टाले ५२ औं मिनेटमा मेक्सिकोका लागि पहिलो गोल गरेका थिए। सेर्गे गार्न्बीले ५९ औं मिनेटमा जर्मनीबाट बराबरी गोल गरेका थिए। मेक्सिकोका ६२ औं मिनेटमा रोडोल्फो पिजारोले गोल थपेका थिए।

समूह 'सी' को अर्को खेलमा रियु सेङ ऊको ह्याटि्रकमा दक्षिण अफ्रिकाले फिजीलाई ८–० ले हराएको थियो। केही न्टाघअघि मात्र मानाउस पुगेको नाइजेरियाले समूह 'बी' मा जापानलाई ५–४ ले हराएको थियो। सोही समूहमा स्विडेन र कोलम्बियाले २–२ को बराबरी खेले।

प्रकाशित: २२ श्रावण २०७३ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App