७ वैशाख २०८१ शुक्रबार
राजनीति

नुवाकोटमा कांग्रेसका केसी र महत पछि पछि

नुवाकोट– नुवाकोटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रामशरण महत र अर्जुननरसिंह केसी दुबै जना पछि परेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङलाई महतले उछिन्न सकेका छैनन् ।  

महतले ३ हजार ४ सय ८३ मत ल्याएका छन् भने तामाङले ४ हजार १ सय २२ मत प्राप्त गरेका छन् । अहिलेसम्म तेस्रो चरणसम्मको मतपरिणाम सार्वजनिक भएको छ । पहिलो चरणकोमा महत अघि देखिए पनि दोस्रो र तेस्रो चरणमा तामाङले अग्रता लिएका छन् ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा २७ सय ९१ मत गन्दा माओवादी केन्द्रकी राधिका तामाङले १५ सय ५४ मत पाएकी छन् भने नेपाली काङ्ग्रेसका महेन्द्र थिङले ११ सय ४० मत प्राप्त गरेका छन् । पहिलो मत परिणाम देखिनै राधिका अगाडि छिन् ।
प्रदेश सभा (ख) मा ३६ सय ७६ मत गन्दा नेकपा एमालेका वद्री मैनालीको पक्षमा २ हजार ७३ मत प्राप्त भएको छ भने काङ्ग्रेसका रमेशकुमार महतको पक्षमा १२ सय मत प्राप्त भएको छ । सुरुवाती चरणदेखि नै महत पछि छन् ।

यता निर्वाचन क्षेत्र नम्बर १ मा पनि बाम गठबन्धनको अग्रता कायमै छ । नेकपा एमाले नारायणप्रसाद खतिवडाले ४ हजार २ सय ९९ मत प्राप्त गरेका छन् भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले २ हजार ९ सय ९५ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (क) मा नेकपा एमालेका केशव पाण्डेले ३ हजार ३ सय ६० मत प्राप्त गरेका छन् भने उनको प्रतिस्पर्धी काङ्ग्रेसका जगदीश्वरनरसिंह केसीले २ हजार १ सय ३ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेश सभा (ख) मा माओवादी केन्द्रका हिरानाथ खतिवडाले २ हजार ६ सय ३५ मत प्राप्त गरेका छन् भने नेपाली काङ्ग्रेसका जगतबहादुर तामाङले २ हजार ७१ मत प्राप्त गरेका छन् । पहिलो चरणको मतपरिणाममा तामाङ अघि देखिए पनि पछिल्लो दोस्रो र तेस्रो चरणको मतपरिणाममा खतिवडा अघि छन् ।

प्रकाशित: २२ मंसिर २०७४ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App