coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रोल्पामा वर्षमान पुन दोब्बर मतले अगाडि

रोल्पा– रोल्पामा बिहीबार बेलुकाबाट सुरु भएको मतगणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधि सभातर्फ १० हजार ६ सय ८२ गणना हुँदा माओवादी केन्द्रका बर्षमन पुनले ६ हजार २ सय ४७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ हजार १ सय ३ मत ल्याएका छन् ।

त्यसैगरी प्रदेशसभातर्फ प्रदेश न.क मा ४ हजार ७ सय ४२ मतगणना हुँदा माओवादी केन्द्रका कुलप्रसाद केसीले २ हजार ३ सय ७५ र नेपाली कांगे्रसका शेरबहादुर महराले १ हजार ७ सय ५ मत ल्याएका छन् ।

प्रदेशसभा तर्फ प्रदेश न. ख मा ५ हजार ७ सय २९ मतगणना हुँदा माओवादी केन्द्रका दिपेन्द्र पुनले ४ हजार ८३ र नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले १ हजार ९० मत ल्याएका छन । मत गणना जारी छ ।

रोल्पाको मतगणना जारी रहँदा बदरमतको संख्या अत्याधिक देखिएको छ । प्रतिनिधिसभा तर्फ १० हजार ६ सय ८२ गणना हुँदा २५ सय ३३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । त्यसैगरी प्रदेश न. क मा ४ हजार ७ सय ४२ मतगणना हुँदा ३ सय ६२ म तबदर भएको छ भने प्रदेशसभातर्फ प्रदेश न. ख मा ५ हजार ७ सय २९ मतगणना हुँदा ३ सय १० मत बदर भएको छ ।

 

प्रकाशित: २२ मंसिर २०७४ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App