८ वैशाख २०८१ शनिबार
राजनीति

महोत्तरीमा मतगणना १ बजेपछि मात्र


महोत्तरी— बिहीबार अवेर रातिसम्म महोत्तरीको चार वटै निर्वाचन क्षेत्रबाट मतपेटिका सदरमुकाम जलेश्वर ल्याइ सकिए पनि मतगणना कार्य हुन ढिलो हुने देखिएको छ।

मूख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले शुक्रबार विहान ७ वजे देखि नै मतगणना प्रक्रिया शुरु हुने भने पनि अहिलेसम्म सर्वदलीय बैठक बस्न नसक्दा मतणना कार्य सुरु हुने तर्खर छैन।

चार वटै निर्वाचन क्षेत्रका लागि छुटाछुटै सर्वदलिय वैठक गर्नु पर्ने हो तर अहिले सम्म एउटा पनि क्षेत्रको सर्वदलिय वैठक सम्पन्न हुन सकेको छैन।
सर्वदलिय वैठक पश्चात गणकलाई ओरियन्टेसन दिने काम पनि बाँकी नै छ। त्यही भएर दिउँसो १ वजे पछि मात्र महोत्तरीमा मतगणना शुरु हुन सक्ने सम्भावना देखिएको मतगणना स्थलमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुको भनाई छ ।

सर्वदलिय वैठक सकिए लगतै मतगणनामा खटिने गणकलाई ओरियन्टेशन दिएर , उम्मेदवारहरुको प्रतिनिधिलाई परिचय पत्र उपलब्द्ध गराएपछि मात्रै मतगणाना शुरु हुने मूख्य निर्वाचन अधिकृत प्याकुरेलले बताएको छ।

‘चाँडोभन्दा चाडो मतगणा प्रक्रिया शुरु गर्ने प्रयास गर्दैछौं ’ मूख्य निर्वाचन अधिकृत प्याकुरेलले भने ‘ सर्वदलिय बैठक र गणकलाई ओरियन्टेशन  दिइसके लगतै  चार वटै क्षेत्रको मतगणना कार्य शुरु हुन्छ।’

यता मतगणना कार्यका मतगणना स्थलहरु तयारी अवस्थामा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। चार वटै मतगणना स्थलमा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै तार जालि लगाएर उम्मेदवारको प्रतिनिधलाई घेरा बाहिरै वस्ने व्यवस्था मिलाइएको छ ।

मतगणनाको क्रममा मतपत्र च्यात्ने, हो हल्ला गर्न सक्ने र मतगणना कार्यमा अवरोध पुग्न सक्ने अवस्थालाई ध्यानमा राखेर मतगणना स्थललाई तार जालि लगाएर सुरक्षित पारिएको मूख्य निर्वाचन अधिकृत प्याकुरेलले बताएको छ ।

क्षेत्र नं. १ को सदरमुकाम जलेश्वर स्थित कर्वड हल , क्षेत्र नं. २ को जिल्ला समन्व्य समितिको माथिल्लो हल , क्षेत्र नं. ३ को  जिल्ला समन्व्य समितिको तल्लो सभा हल र क्षेत्र नं. ४ को जिल्ला हुलाक कार्यालयको नवनिर्मित भवनमा मतगणना हुने जनाइएको छ।
तोकिएको मतगणाना स्थलमा मतपेटिकाहरु सुरक्षित साथ राखिएको छ । यसैबीच मतगणना कार्यका लागि सदरमुकाम जलेश्वरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चार वटै मतगणना स्थल महेन्द्र चौकबाट खैरा चौक जाने वाटोमै पर्ने भएकाले सो रुटमा अहिले ठुलो सवारी साधन चलाउन रोक लगाइएको छ।

मतगणना स्थलको सुरक्षार्थ सिनियर प्रहरी अधिकृतको कमाण्डमा छुटाछुटै नेपाल प्रहरी , सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बिहिबार महोत्तरीमा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा ६५ प्रतिशत मत खसेको जनाइएको छ ।
३ लाख १७ हजार ६ सय ७९ मतदाता रहेको महोत्तरीमा चार वटा निर्वाचन क्षेत्रमा ४ जना प्रतिनिधि सभा र ८ जना प्रदेश सभा सदस्य चुननको लागि मतदान कार्य सम्पन्न भएको थियो ।

प्रकाशित: २२ मंसिर २०७४ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App