७ वैशाख २०८१ शुक्रबार
राजनीति

डोल्पामा वामगठबन्धनका धनबहादुर बुढा तेब्बर मतले अगाडि

बिष्णुप्रसाद देबकोटा

डोल्पा– डोल्पामा बाम गठबन्धनतर्फका नेकपा एमालेका धनबहादुर बुढाले प्रतिनिधि सभामा ३ हजार ६०६ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका अंगदकुमार बुढाले भने १ हजार २ सय ६४ मत प्राप्त गरेका छन्।

५ हजार १ सय ६५ मत गणना गरिसक्दा बामगठबन्धनका धनबहादुर बुढाले २ हजार ३ सय ४२ मतले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

नेकपा मालेका हर्कबहादुर ठकुल्लाले ८८ मत र राष्ट्रिय जनमुक्तिका अर्जुन बाहदुर शाहीले २ मत प्राप्त गरेका छन् । यसैगरी प्रदेश क्षेत्र नं १(क) मा बामगठबन्धनका तर्फबाट नेकपा एमालेका नन्दसिं बुढाले ३ हजार ३ सय १५ नेपाली कांग्रेसका बेगमसिँ ठकुरीले ९ सय ५७ मत ल्याएका छन् भने २०८ मतबदर भएको छ ।

प्रदेश क्षेत्र नं १ मा ४ हजार ३ सय २७ मत गणना भइसक्दा  २ हजार ३ सय ५८ मतान्तरले बामगठबन्धनका नन्दसिं बुढाले अग्रता लिएका छन भने ५५ म तबदर भएको मुख्य निर्वाचन अधिकृत

प्रकाशित: २२ मंसिर २०७४ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App