coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

खोटाङमा वाम गठबन्धनको अग्रता कायमै

खोटाङ– खोटाङमा सुरुदेखि नै वाम गठबन्धनले आफ्नो अग्रतालाई काय राखेको छ । बिहीबार बेलुका ७ बजेपछि गणना सुरु भएको जिल्लामा एमाले–माओबादी गठबन्धनका उम्मेद्वारले अग्रता लिइरहेको छ । वाम गठबन्धनलाई कांग्रेस–राप्रपा लगायतका लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले पछ्याइरहेको छ ।

मुख्या निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल भट्टराईले ६२४१ मत र कांग्रेसकी उम्मेद्वार सरस्वती बजिमयले ४३८१ मत पाएकी छन् । भट्टराई र बजिमयको मतान्तर १ हजार ८ सय ६० मत रहेको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, प्रदेशसभा (क) मा एमालेका राजन राईले २९१८ मत, कांग्रेसका सुवासकुमार पोखरेलले १६९४ मत पाएका छन् । प्रदेशसभा (क) मा वाम र लोकतान्त्रिक गठबन्धनको मतान्तर १२२४ मत छ । प्रदेशसभा (ख) मा बाम गठबन्धन माओबादी केन्द्रका रामकुमार राई ३४९१ मतका साथ अगाडि छन् भने कांग्रेसका विष्णुकुमार राईले १९५० मतका साथ वाम गठबन्धनका उम्मेद्वारलाई पछ्याइरहेका छन् । उनीहरुको मतान्तर १५४१ मत छ ।

बेलुका ७ बजेदेखि मुख्या निर्वाचन अधिकृतको कार्यालयमा मत गणना भइरहेको छ । कूल १ लाख २५ हजार १०८ मतदाता रहेको जिल्लामा ७१ हजार ३११ मत खसेको थियो ।

प्रकाशित: २२ मंसिर २०७४ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App