७ वैशाख २०८१ शुक्रबार
राजनीति

जाजरकोटमा राजीव शाहलाई पछि पार्दै शक्ति बस्नेतको अग्रता

जाजरकोट—जाजरकोटको पछिल्लो मतपरिणाममा बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार शक्ति बस्नेतले अग्रता कायमै राखेका छन्।

माओवादी नेता एवं पूर्व गृहमन्त्री बस्नेतले ५९०९ मत पाएका छन्। उनलाई काँग्रेसका राजीव विक्रम शाहले ४ हजार १५१ मतसहित पछ्‌याइरहेका छन्।

त्यसैगरी प्रदेशतर्फ क मा काँग्रेसका बेदराज सिंह ३९७५ र माओवादीका गणेश प्रसाद सिंहको ५६५१  ख मा एमालेका करबिर शाही ५६९० काङ्ग्रेसका दिपकजङ शाह ४५०३ मत पाएका छन्।

प्रतिनिधि सभातर्फ १० हजार २९५ मत गणना भएको छ। प्रदेशतर्फ क मा ९७७४ र ख मा १०४९४ मत गणना भएको छ।

प्रकाशित: २२ मंसिर २०७४ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App