७ वैशाख २०८१ शुक्रबार
राजनीति

नुवाकोटमा बामगठबन्धनको अग्रता

नुवाकोट– दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको नुवाकोटमा मतगणना जारी छ । दुवै प्रतिनिधि र ४ वटै प्रदेश सभामा बामगठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा छन् ।

प्रदेशसभा १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ कांग्रेसका उम्मेदवार रामशरण महतभन्दा ४ सय ६२ मतले अगाडि छन् । तामाङको पक्षमा ३३ सय ३३ मत प्राप्त भएको छ भने महतको पक्षमा २८ सय ७१ मत प्राप्त भएको छ । यसअघि महत अगाडि देखिएका थिए ।

यस्तै क्षेत्रनम्बर १ को प्रदेशसभा (क) का माओवादी केन्द्रकी उम्मेदवार राधिका तामाङले १५ सय २५ मत प्राप्त गरेकी छिन् भने काङ्ग्रेसका महेन्द्र थिङको पक्षमा १ हजार ४१ मत रहेको छ ।

प्रदेशसभा (ख) तर्फ नेकपा एमालेका बद्री मैनालीले १७ सय ३९ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका रमेशकुमार महतले ११ सय १९ मत प्राप्त गरेका छन् ।

जिल्लाको क्षेत्र नम्बर १ मा जस्तै २ मा पनि लोकतान्त्रिक गठबन्धन पछाडि छ । प्रतिनिधिसभा तर्फका एमालेका नारायणप्रसाद खतिवडाले ३ हजार ७० मत प्राप्त गरेका छन् भने कांग्रेसका अर्जुननरसिंह केसीले १९ सय ७० मत प्राप्त गरेका छन् । ५ हजार ८ सय ४२ मत गणना गर्दा ५२ सय ९० मत सदर भएको छ भने ५ सय ५२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत लोकजंग शमहले जानकारी दिएका छन् ।

यस्तै प्रतिनिधि सभा (क) मा नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले १९ सय ४८ मत प्राप्त गरेका छन् भने नपाली काङ्ग्रेसका जगदीश्वरनरसिंह केसीले १३ सय ३४ मत प्राप्त गरेका छन् ।

३५ सय ५३ मत गणना गर्दा ३३ सय ९१ मत सदर भएको छ भने १ सय ३२ म तबदर भएको छ । प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा (ख) मा पनि बाम गठबन्धन नै अग्र स्थानमा रहेको छ । जसअनुसार माओवादी केन्द्रका हिरानाथ खतिवडाले १५ सय २६ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका जगतबहादुर तामाङले १३ सय ८८ मत प्राप्त गरेका छन् ।
३२ सय ८२ मत गणना गर्दा ३ हजार २६ मत सदर भएको छ भने २ सय ५६ मत बदर भएको छ ।

प्रकाशित: २२ मंसिर २०७४ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App