coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रुकुम पूर्वमा माओवादीकी कमला रोका विजयी

रूकुम- रुकुम पूर्वमा बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कमला रोका विजयी भएकी छन्। उनले १०४३४ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४४०६ मत प्राप्त गरे।

त्यस्तै नयाँ शक्तिका जितमान पुनले १४८९ मत ल्याए। कूल खसेको १८११२ मतमध्ये १६४२४ सदर भएको र ११८८ बदर भएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले बताए।

प्रकाशित: २२ मंसिर २०७४ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App