coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रोल्पामा वाम गठबन्धनको अग्रता

रोल्पा – रोल्पामा बिहीबार बेलुकाबाट सुरु भएको मतगणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनले अग्रता लिएको छ। 

प्रतिनिधि सभा तर्फ १ हजार १ सय ४८ गणना हुँदा माओवादी केन्द्रका वर्षमान पुनले ६ सय ९५ मत लिएका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ सय ४३ मत ल्याएका छन । त्यसैगरी प्रदेशसभा तर्फ प्रदेश क मा माओवादी केन्द्रका कुल प्रसाद केसीले २ सय ९३ र नेपाली कांगे्रसका शेरबहादुर महराले २ सय ७९ मत ल्याएका छन् ।

प्रदेशसभा तर्फ प्रदेश ख मा माओवादी केन्द्रका दिपेन्द्र पुनले ५ सय १३ र नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले १ सय ३७ मत ल्याएका छन । मत गणना जारी रहेको छ। 

प्रकाशित: २१ मंसिर २०७४ १६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App