coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता

जाजरकोट –  प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन् । 

नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन्। त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र काँग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन्। प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० मत प्राप्त गरी अग्रता लिएका छन् भने काँग्रेसका दीपकजंग शाहले ६६२ मत प्राप्त गरेका छन्। 

बैतडी– एक हजार ३७६ मतगणना हुँदा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकाबाट नेकपा एमालेका दामोदर भण्डारीले ६५९ मत ल्याएर अग्रता लिएका छन्। त्यस्तै काँग्रेसका नरबहादुर चन्दले ५४४ मत प्राप्त गरेका छन्। 

यसैगरी प्रदेशसभा क मा ९४८ मतगणना हुँदा काँग्रेसका हरिमोहन भण्डारीले ४११ र वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का प्रेमप्रकाश भट्टले ४११ मत प्राप्त गरेका छन्। प्रदेशसभा (ख) मा एक हजार ३०५ मतगणना हुँदा वाम गठबन्धनबाट एमालेका लीलाधर भट्टले ६६७ र राप्रपाका गणेश चन्दले ५६८ मत प्राप्त गरेको प्रजिअ सिद्घराज जोशीले जानकारी दिए। 

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनको अग्रता रहेको छ। प्रतिनिधिसभातर्फ एक हजार ४१७ मतगणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राईले ७३४ मत ल्याएर अग्रता लिएका छन्। काँग्रेसका बलबहादुर केसीले ४३७ मत ल्याएका छन्। 

यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनबाट एमालेका उत्तमकुमार बस्नेतले ४२५ मत ल्याएर अग्रता लिएका छन् भने काँग्रेसका प्रकाससिं कार्कीले १७४ ल्याएका छन्। प्रदेशसभा (ख) मा गठबन्धनबाटै एमालेका बुद्धिकुमार राजभण्डारीले २४५ मत ल्याएर अग्रता लिएका छन् भने काँग्रेसका आङ्गगेलु शेर्पाले २३० मत ल्याएका छन्। 

प्रकाशित: २१ मंसिर २०७४ १५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App