७ वैशाख २०८१ शुक्रबार
राजनीति

रसुवामा लोकतान्त्रिक गठबन्धनको अग्रता

रसुवा— प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको रसुवाको प्रारम्भिक मतपरिणाम आएको छ। १ हजार २ सय ४७ मत गणना हुँदा लोकतान्त्रिक गठबन्धनका काँग्रेसका उम्मेदवार मोहन आचार्यले ७ सय २१ र वाम गठबन्धनका एमाले उम्मेदवार जनार्दन ढकालले ४ सय ४८ मत पाएका छन्।

प्रदेश (क) तर्फ स्याफ्रु र थुमनको मत गणना हुँदा लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार प्रभात लामाले ६६३ र बाम गठबन्धनका एमाले उम्मेदवार कर्नेल लामाले ४९१ मत ल्याएका छन्।

खाल्डे र थुमन मतदान केन्द्रको पनि मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए।

प्रकाशित: २१ मंसिर २०७४ १४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App