coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भोजपुरमा प्रतिनिधिमा लोकतान्त्रिक र प्रदेशमा वाम गठबन्धन अगाडि

भोजपुर – पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको प्रारम्भिक मतगणना अनुसार प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । भने प्रदेश सभामा वाम गठबन्धनले अग्रता लिएको छ। 

प्रतिनिधि सभाको चार वटा मतादान केन्द्रको मतपरिणाम आउँदा लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उमेशजंङ्ग रायमाझी ७ सय १९ मत ल्याएर अगाडि छन् । उनले वाम गठबन्धनका सुदन किँरातिलाई ५६ मतले पछि पारेका हुन्। 

प्रदेश सभा तर्फ (क)मा वाम गठबन्धनका राजेन्द्रकुमार राई ३ सय ७२ मत ल्याउदै अगाडि छन । उनलाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अजम्बर काङमाङ राईले ३ सय ४९ मतका साथमा पच्छाइरहेका छन् । प्रदेश (ख) तर्फबाट भने वाम गठबन्धनका साझा उम्मेदवार शेरधन राई फराकिलो मतान्तरका साथ अगाडि छन् । राईले ४ सय ७६ मत ल्याएका छन् भने लोकतान्त्रिकका गोविन्द बहादुर कार्कीले २ सय ७१ मत ल्याएका छन् । उनिहरूबीचको मतान्तर २ सय ५ रहेको छ। 

प्रकाशित: २१ मंसिर २०७४ १४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App