coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डोल्पामा अझै सुरु भएन मतगणना

दुनै – पहिलो चरणको निर्वाचन सम्पन्न भएका विभिन्न जिल्लाहरूमा मतगणना सुरु भएर धमाधम पहिलो चरणको मतपरिणाम सार्वजनिक भइरहेको बेला डोल्पामा भने अझै मतगणना सुरुहुन सकेको छैन्।

मुख्य निर्वाचन कार्यालयले विहीबार बेलुकी ५ बजेभित्रै मतगणना सुरुहुने बताएतापनि सात बजेर पैँतालिस मिनेट गइसक्दा पनि मतगणना हुन सकेको छैन्।

मुख्य निर्वाचन कार्यालयले मतगणनामा संलग्न कर्मचारीहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेर मतगणक कर्मचारीहरू मतगणनास्थल जिल्ला अदालत आइपुग्दा समेत सर्वदलीय बैठक समेत बस्न सकेको छैन्।

सर्वदलीय बैठकमा काङ्ग्रेसले मतगणनामा भाग लिने वा नलिने भन्ने विषयमा अन्योल कायम राख्दै एक घण्टा समय मागेपछि अझै सर्वदलीय बैठक बस्न नसकेको हो।

नेपाली काङ्ग्रेसले उपल्लो डोल्पाका तीन वटा स्थानीय तह र तल्लो डोल्पाका दुई स्थानीय तहका दुईवटा मतदान केन्द्रमा पुन मतदानको माग राख्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको थियो।

उक्त उजुरी उपर कारवाही अगाडि बढाइ निर्वाचन आयोगले मुख्य निर्वाचन कार्यालय डोल्पामा स्पस्टिकरण सोधेको थियो । आयोगले सोधे अनुरुप निर्वाचनमा भएको गतविधि सबै समेटेर स्पस्टिकरण पठाइसके पछि विहीबार बेलुकी मात्रै मतगणन सुरु गर्नु भन्ने पत्र आएको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिए।

अबको आधा घण्टा भित्रै सर्वदलीय बैठक बस्ने र आठबजे भित्रै मतगणना सुरुहुने उनले जानकारी दिए।   
काँग्रेस जिल्ला सभापति तथा प्रतिनिधि सभाका उम्मेद्वार अंगत कुमार बुढाका अनुसार आधा घण्टा भित्रै काँग्रेस मतगणनामा भाग लिने बताए ।                                                           

प्रकाशित: २१ मंसिर २०७४ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App