८ वैशाख २०८१ शनिबार
राजनीति

राजपा अध्यक्ष मण्डलका सदस्य झाको गाडीमाथि तोडफोड

रौतहट – रौतहटमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झामाथि दुव्र्यवहार भएको छ । जिल्लाको माधवनारायण नगरपालिकाको मावि सखुवामा मतदान केन्द्रमा झाको गाडी तोडफोड गर्दै दुव्र्यवहार भएको छ । 

रौतहट क्षेत्र नम्बर १ मा पर्ने उक्त मतदान केन्द्रमा साँझ ४.३० बजेको समयमा प्रदेशका स्वतन्त्र उम्मेदवार जयराम यादवले बाँकी रहेका मतपत्र लिएर छापिरहेको खबर पाउनासाथ क्षेत्र नम्बर १ का उम्मेदवार एवं राजपा अध्यक्ष मण्डलका सदस्य झा उक्त स्थलमा पुग्दा उनलाई दुव्र्यवहार भएको हो ।

झालाई दुव्र्यवहार गर्ने स्वतन्त्र उम्मेदवार यादवलाई नियन्त्रणमा लिएर त्यहाँ तैनाथ सुरक्षाकर्मीलाई जिम्मा लगाएको बुझिएको छ । रौतहट प्रहरीका एसपी यज्ञविनोद पोखरेलले दुव्र्यवहार गर्ने व्यक्तिलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको बताए । नेता झाले प्रयोग गरेका बा. १० च. ६८९ नम्बरको जिपको सिसा तोडफोड गरेको जानकारी दिए ।

यसैबीच राजपा नेपालका प्रवक्ता डा. डिम्पल झाले प्रेस विज्ञप्ती जारी गरेर निर्वाचन सम्पन्न भइसकेपछि बाँकी रहेको मत छाप्न लागेको कार्यलाई रोक्दा दुव्र्यवहार गरेको प्रति घोर भत्र्सना गर्नुका साथै दोषीलाई कारवाहीको माग गरे।

प्रकाशित: २१ मंसिर २०७४ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App