coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नवलपरासी पश्चिम र पूर्वमा ७० प्रतिशत मतदान

नवलपरासी – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ७० प्रतिशत मतदान भएको छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सबै मतपेटिका मतगणनास्थल सदरमुकाम परासीस्थित आर्दश माविमा ल्याउने क्रम जारी रहेको नवलपरासी पश्चिम क्षेत्रका मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले जानकारी दिए। आज रातिसम्म सबै मतपेटिका संकलन गरी दलहरुको सहमतिअनुसार मतगणना शुरु गरिने उनले बताए। 

यसैगरी, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पनि ७० प्रतिशत मतदान भएको छ। 

अहिले सबै मतदानस्थलबाट मतपेटिका मतगणनास्थल सदरमुकाम कावासोतीस्थित शिव माविमा ल्याउने क्रम जारी भएको नवलपरासी पूर्व क्षेत्रका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए। आज रातभर मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले भोलि बिहानदेखि मतगणना शुरु गर्ने योजना छ। 

प्रकाशित: २१ मंसिर २०७४ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App