coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

यसरी गरिएको थियो एक्जिट पाेल

काठमाडाै - अहिले भर्खरै सार्वजनिक गरिएको एक्जिट पाेलकाे कार्यविधि यसरी अपनाइएकाे थियाे । बिहीवार सम्पन्न गरिएको मत सर्वेक्षण (exit poll) काठमाण्डौ र ललितपुरका ११४ भन्दा बढी मतदान केन्द्र्मा गरिएको थियो ।

सर्वेक्षणका निमित्त नमुना छनोटका लागि Random sampling प्रयोग गरिएको थियो। यसका निमित्त लगभग ५०% पुरूष र ५०% महिलाको छनोट होस् भन्ने निश्चित गरिएको थियो र सबै उमेर समूहको सहभागिता होस् भन्ने कुरामा ध्यान पुर्‍याइएको थियो।

नमुना सङ्ख्या काठमाण्डौ र ललितपुरको जनसङ्ख्यालाई छुट्टा छुट्टै लिइएर KREJCIE-MORGAN चार्टबाट निम्न लिखित सुत्रबाट निकालिएको थियो।

S = Required Sample size

X = Z value (e.g. 1.96 for 95% confidence level)

N = Population Size

P = Population proportion (expressed as decimal) (assumed to be 0.5 (50%)

d = Degree of accuracy (5%), expressed as a proportion (.05); (margin of error)

माथिको सुत्रको प्रयोग गरेर, ९५% confidence level लिएर उल्लिखित दुई जिल्लाहरूका लागि नमुना सङ्ख्या निर्धारित गरिएको थियो। अन्तिममा गएर काठमाण्डौमा ३७६० र ललितपुरमा ११२८ मत सर्वेक्षण गरिएको थियो। प्रश्नावलीले गुणात्मक प्रतिक्रियााबाट मत सम्बन्धि धारणा मापन गर्दछ, तर मतसङ्ख्या र मतपरिणामका बारे मापन गर्दैन र कुनै उम्मेद्वार र पार्टिलाई अनुग्रह गर्दैन। exploratory data विश्लेषण data set मा data cleaning बाहेक केहि हेरफेर नगरेर गरिएको थियो। याे सर्वेक्षणका लागि प्राविधिक सहयोग रुस्टर लजिकले गरेकाे हो ।

प्रकाशित: २१ मंसिर २०७४ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App