७ वैशाख २०८१ शुक्रबार
राजनीति

हुम्लामा मत गणन सुरु

 हुम्ला-  गत मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मत गणन सुरु भएको छ। वेलुका छ वजेर पाँच मिनेटमा मत गणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत मेदिनी प्रसाद शर्मा पौडेलले बताए। तीन वटा समूहमा भएको भएको मत गणना कार्यमा दुई समूहमा प्रतिनिधि सभा र एक समूहमा प्रदेश सभाको मत गणन कार्य सुरु भएको छ।  जसमा प्रदेश सभाका लागि ताँजाकोट गाँउपालिका वडा नम्वर ३ र ४ को कैलाश आधारभुत आवि ताँजाकोट ३ थापा गाँउ र सुर्य प्रकाश आवि जाँताकोट ४ गल्लावाडाको मत गणना सुरु भएको छ भने प्रतिनिधि सभातर्फ ताँजाकोट पाँच वटै मतदान केन्द्रको मत गणना कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाल वास्कोटाले बताउनु भयो । यसमा ३१ सय ८८ मा २५ सय १ मत प्रतिनिधि सभाका लागि खसेको छ भने प्रदेश सभाका लागि १६ सय १५ खसेकोमा १२ सय ७५ मत खसेको थियो।

प्रकाशित: २१ मंसिर २०७४ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App