coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्लाहीमा स्थानीयतहभन्दा १४ प्रतिशत कम मतदान

सर्लाही- प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन अन्तर्गत साँझ ५ बजेसम्म आएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीमा ६० प्रतिशत हाराहारीमा मतदान भएको छ। दुई महिना अघि भएको स्थानीय तहको निर्वाचनमा७४ प्रतिशत मतदान भएपनि यो निर्वाचनमा भने १४ प्रतिशत कमी मतदान भएको छ।

‘बढीमा ६० प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक आएको छ’, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले विहिबार साँझ भने, ‘एकिन तथ्यांकभने भोली बिहानसम्म आउनेछ।’

३१८ मतदान स्थलअन्तर्गत ५१६ मतदान केन्द्र रहेको सर्लाहीमा ३ लाख ८५ हजार ५८१ मतदाता रहेका थिए। ४ वटा प्रतिनिधि सभानिर्वाचन क्षेत्रका लागि ७४ जनातथा ८ वटा प्रदेश सभाकालागि १३२ जना गरी जम्मा २०६ जना उम्मेद्वार मैदानमा रहेका छन्।

२ ठाउँ गोलीचल्यो

जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएपनि २ ठाउँमा भने सुरक्षाकर्मीद्वारा गोलीचलाउनु परेको छ। क्षेत्र नं. २ को कौडेना गाउँपालिका–२ अन्तर्गत फुलपरासी स्थित जनता मावि मतदान स्थलमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप हुँदा स्थिती नियन्त्रणमा लिनकालागि सुरक्षाकर्मीले ४ राउण्ड हवाई फायर गरेकाथिए। उक्त स्थानमा केहीबेर रोकिएको मतदानपुनः सुचारु भएको थियो।

त्यस्तै क्षेत्र नं. ४ को धनकौल गाउँपालिका–३ हरकठवा स्थित गाविस भवन मतदान स्थलमा पनि राजपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा स्थिती नियन्त्रणमा लिनकालागि सुरक्षाकर्मीले ३ राउण्ड गोलीचलाउनु परेको प्रजिअ कृष्णबहादुर कटवालले जानकारी दिए। जिल्लाका अन्य स्थानमा भने निर्वाध रुपमा मतदानकार्य सम्पन्न भएको प्रजिअ कटवालले दाबी गरे।

यसरी हुँदैछ मतगणना

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत विहिबार सर्लाहीमा सम्पन्न मतदानको गणना शुक्रबार बिहानबाट दुई ठाउँमा गरिने भएको छ। प्रतिनिधि सभानिर्वाचन क्षेत्र नं. १, ३ र ४ एवं त्यस भित्रका प्रदेश सभाहरुको सर्लाही क्याम्पसमा तथा क्षेत्र नं. २ को जिल्ला  समन्वय समिति कार्यालयको सभाहलमा गणना गर्ने तयारी भएको छ। गणना स्थलमा तारजाली लगाएर सुरक्षित पारिएको छ भने सीसीटीभी समेत जडान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए।

हरेक प्रतिनिधि सभा निर्वाचन क्षेत्रको २ समूहमा तथा प्रदेश क्षेत्रको भने एउटै समूहले गणना गर्दै प्रतिनिधि र प्रदेश सभाको मत परिणाम एकसाथ सम्पन्नगर्ने तयारी गरिएको प्रजिअ कटवालले बताए।

प्रकाशित: २१ मंसिर २०७४ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App