८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावको उत्साह (फोटो फिचर)

चितवन- चितवनका मतदान केन्द्रहरुमा स्थानीय तहको चुनाबमा भन्दा यो पटक मतदाताको भिडभाड कम देखिए पनि मतदान प्रति सवै खालका मतदाता उत्साहित भएको पाइयो। काखे नानी बोकेर महिलाहरु मतदान गर्न आएका भेटिए भने वृद्ध अशक्तहरु अरुको बुई चढेर पनि मत हाल्नका लागि आएको पाइयो । पहिलो पटक मत हाल्दै गरेका युवादेखि अल्पसंख्यकहरुसम्मले उत्साहित हुँदै मतदान गरे।

 जिल्लामा तीन बजेसम्म ५५ प्रतिशतको हाराहारीमा मत खसेको चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले बताए। चितवनमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र छन् । जिल्लाभार कुल मतदाता संख्या तीन लाख ५४ हजार रहेको छ । जिल्लाका १६१ ठाउँमा ४०८ वटा मतदान केन्द्रहरु रहेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App