८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानको  हवाई कारबाहीमा १७ आतङ्ककारी मारिए

काबुल – अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका छन्। 

अफगान गृह मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ। 

यस कारबाहीको क्रममा मारिएका १७ जना नै आइएस लडाकू रहेका प्रान्तीय सरकारका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका छन्। 

नान्गाहार प्रान्तको आचिन, हिसाराक, र देह बाला जिल्लामा गरेको कारबाहीमा ती सशस्त्र आतङ्ककारी मारिएका र अन्य तीन घाइते भएका मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। 

सो जिल्लामा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिएका हुन । यी जिल्लामा आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ। 

अफगान र अन्तर्राष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीको क्रममा आइएसका सयौं सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन्। 

सो क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो । जसका कारण दर्जनौँ लडाकूले ज्यान गुमाएका थिए। 

प्रकाशित: २१ मंसिर २०७४ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App