coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राम्रा मान्छेले जितुन् : केबी गुरुङ

इलाम – पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता कुलबहादुर (केबी) गुरुङले इलामको बालमन्दिर विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि गुरुङले लामो समयपछि संसदीय निर्वाचन हुनु नै लोकतन्त्रका लागि ‘शुभसंकेत’ भएको बताए।  

‘हुँदैन, हुँदैन भन्दाभन्दै शान्तिपूर्ण रूपमा चुनाव भयो, यो नै खुसीको कुरा हो,’ मतदानपछि नागरिकसँग कुरा गर्दै गुरुङले भने, ‘राम्रा मान्छेले जितुन्, मेरो यही शुभकामना र बधाई ।’ गुरुङले आफू नेपाली कांग्रेसको नेता भएकाले पार्टीले जितोस् भन्ने कामना रहेपनि ‘राम्रा मान्छे’ चुनिएर आउँदा मात्रै लोकतन्त्रको भविष्य उज्जल हुने बताए। 

तत्कालिन शिक्षामन्त्री रहेका नेता गुरुङ २०५६ सालको निर्वाचनमा एमाले नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङसँग इलाम क्षेत्र २ मा पराजित भएका थिए । उनले २०६४ सालको संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर ३ मा एमालेका धर्म उप्रेतीलाई पराजित गरेका थिए । त्यसयता गुरुङ संसदीय  चुनावमा उठेका छैनन्।  

पूर्वभौतिक योजना तथा पुनर्निर्माण राज्यमन्त्री केशव थापाले पनि बालमन्दिर विद्यालयबाटै मतदान गरे । पूर्वसांसद थापा इलाम क्षेत्र नम्बर २ मा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको मुख्य प्रतिस्पर्धी उम्मेदवार छन् । पूर्वसभामुख नेम्बाङले पनि यही बालमन्दिर केन्द्रबाट मतदान गरेका थिए । नेम्बाङले मतदान गरेको केहीबेरपछि थापा र त्यसको केहीबेरपछि गुरुङ मतदानका लागि केन्द्र पुगेका थिए। 

 

प्रकाशित: २१ मंसिर २०७४ ०९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App