७ वैशाख २०८१ शुक्रबार
राजनीति

मत गणनाको तयारी अन्तिम चरणमा

खोटाङ– खोटाङमा मत गणनाका लागि धमाधम तयारी भइरहेको छ । बिहीबार साँझबाट सुरु गरिने मत गणनाका लागि तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतका चार वटा कोठामा मत गणना गर्ने तयारी गरिएको छ ।

दुई वटा कोठामा प्रतिनिधिसभाको मत, एक वटा कोठामा प्रदेशसभा (क) र अर्को कोठामा प्रदेशसभा (ख) को मत गणना गरिने सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताए। मतगणना स्थलको सुरक्षाका लागि अहिले तार जालीले बार्ने काम भइरहेको छ । मत गणनाका लागि हरेक उम्मेद्वारका चार जना प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ । गणनामा सहभागी हुने उम्मेद्वारका प्रतिनिधिलाई तार जालीभन्दा बाहिर राखिने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

खोटाङमा बेलुका ७ बजेबाट मत गणना सुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा बुधबार बसेको सर्वदलीय बैठकले बेलुका ७ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेको हो । प्रत्यक्षतर्फको मत गणनापछि मात्र समानुपातिकतर्फको मत गणना गरिने जनाइएको छ । हरेक दुई घण्टामा मतगणनाको पछिल्लो परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ । 

प्रकाशित: २१ मंसिर २०७४ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App