८ वैशाख २०८१ शनिबार
राजनीति

जुन भए पनि गठबन्धनको बहुमत आउँछ : दाहाल (भिडियो)

चितवन— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो निर्वाचनबाट जुन गठबन्धनको भए पनि बहुमत आउने बताएका छन्। चितवनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

यो निर्वाचनमा मुख्यतः एमाले-माओवादीको बाम गठबन्धन र काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ। एमाले-माओवादीबीच पार्टी एकतासम्म गरेर जाने चर्चा चलिरहेका बेला दाहालको यस्तो भनाइ सार्वजनिक भएको हो।

उनले बामपन्थी गठबन्धनको नाम नलिई ‘गठबन्धनद्वारा बहुमत ल्याएर सबै विकास र समृद्धिका एजेन्डा केन्द्रित हुने परिस्थिति पैदा हुँदै गरेको’ उल्लेख गरे। उनको यस्तो जवाफ सुनेपछि सञ्चारकर्मीले ‘बामपन्थी गठबन्धनको बहुमत आउनेमा ढुक्क हुनुहुन्छ कि के हो ?’ भन्ने प्रश्न गरेका थिए।

अहिलेसम्म नेपालको इतिहासमा धेरै संघर्ष र परिवर्तनका घोषणा भए पनि कहिलै स्थायी सरकार पाँच वर्ष टिक्न नसकेको स्मरण गर्दै अध्यक्ष दाहालले सरकार स्थायी नहुँदा विकास निर्माणले गति लिन नपाएको र यो निर्वाचनले त्यो अवस्था अन्त्य गर्ने बताए।

उनले बामपन्थी गठबन्धनको नाम नलिई ‘गठबन्धनद्वारा बहुमत ल्याएर सबै विकास र समृद्धिका एजेन्डा केन्द्रित हुने परिस्थिति पैदा हुँदै गरेको’ उल्लेख गरे (१ मिनेट ८ सेकेन्डपछि भिडियो हेर्नुहोस्)। उनको यस्तो जवाफ सुनेपछि सञ्चारकर्मीले ‘बामपन्थी गठबन्धनको बहुमत आउनेमा ढुक्क हुनुहुन्छ कि के हो ?’ भन्ने प्रश्न गरेका थिए।

‘जसको भए पनि बहुमत आउनुपर्छ भन्ने हो। यो पटक बामपन्थीकै आउँछ त्यसमा डाउट गर्नुपर्ने कुरा छैन’, जवाफमा उनले भने।

प्रदेश र संघको निर्वाचनमा मतदान गर्दा आफूलाई विशेष रुपले गर्व महसुस भएको अध्यक्ष दाहालले बताए। ‘निकै ठूलो संघर्ष र बलिदानपछि मात्रै हामी यहाँसम्म आइपुगेका हौं। इतिहासको एउटा अध्यायको समापन र अर्को अध्यायको सुरुवात भयो भन्ने पनि मैले महसुस गरेको छु’, उनले भने।

यो निर्वाचनको सफलतासँगै अबको यात्रा राजनीतिक संघर्ष नभई समृद्धि र विकासको हुने उनले दोहोर्‍याए। ‘देशमा राजनीतिक स्थायित्वको वातावरण बन्छ। त्यसले विकास र निर्माणको निम्ति राम्रो वातावरण बनाउँछ। हामी त्यतापट्टि केन्द्रित हुन्छौं’, चुनाबपछिको परिस्थितिबारे बोल्दै उनले भने।

यो परिवर्तनको निम्ति सबभन्दा ठूलो विद्रोहको नेतृत्व आफूले गरेको उनको दाबी थियो। ‘शान्ति सम्झौताको नेतृत्व गिरिजाबाबु र मैले ग¥यौं। उहाँ त अहिले हुनुहुन्न म मात्रै जीवित बाँकी छु’, उनले भने।

प्रकाशित: २१ मंसिर २०७४ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App