coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान

काठमाडौं- दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको निर्वाचन अायाेगले जनाएकाे छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ । 

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । 

आज बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा आज सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । (रासस)
 

प्रकाशित: २१ मंसिर २०७४ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App