७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रमुख निर्वाचन आयुक्त यादवले भोट हालेनन्

प्रमुख निर्वाचन अायुक्त अयोधीप्रसाद यादब

सप्तरी– निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादब मतदानमा मतदान गर्न गृह जिल्ला आएका छैनन्। राजविराजका स्थानीयबासी उनको नाम यहीँको मतदाता सूचीमा रहेको छ। राजविराज–२ स्थित राजदेवी आधारभूत विद्यालय मतदान केन्द्रमा यादबको नाम मतदाता सूचीमा छ। ‘दिउँसो १ बजेसम्म उहाँ मतदान केन्द्रमा आउनु भएको छैन’, एक स्थानीयले नागरिकन्युजसँग भने।

मतदान केन्द्रमा प्रमुख आयुक्त यादबको सोधीखोजी भइरहँदा उनी भने एउटा टेलिभिजनमा प्रत्यक्ष अन्तर्वार्ता दिइरहेका थिए।

मतदान केन्द्रमा प्रमुख आयुक्त यादबको सोधीखोजी भइरहँदा उनी भने एउटा टेलिभिजनमा प्रत्यक्ष अन्तर्वार्ता दिइरहेका थिए।

प्रमुख आयुक्त यादब मतदाता रहेको सप्तरी–२ मा संघीय समाजवादी फोरम, माओवादी र राजपाका बाघी उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा छ। यो क्षेत्रमा फोरम अध्यक्ष यादब, बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उमेश यादब र राजपाका बागी उम्मेदवार सहमहामन्त्री जयप्रकाश ठाकुरबीच त्रिपक्षीय प्रतिस्पर्धा छ।

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आयोगका अन्य आयुक्तहरुले भने मतदान गरेका छन्।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिका–१० कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र, आयुक्त इश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका–२, टीका विद्याश्रम मावि, सानेपा मतदान केन्द्र र आयुक्त सुधीरकुमार शाहले काठमाडौँ महानगरपालिका–४ र धुमबाराही मावि, धुमबाराही मतदान केन्द्रबाट मतदान गरेका छन्।

यसैगरी आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले टोखा नगरपालिका–८ स्थित भुवनेश्वर मन्दिर, गौरीगाउँ मतदान केन्द्रबाट मतदान गरेका छन्।

प्रकाशित: २१ मंसिर २०७४ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App