coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बर्दियामा साढे १२ बजेसम्म ४५ प्रतिशत मतदान

मतदान गर्दै बामदेव गौतम। तस्बिर : निर्मल घिमिरे

बर्दिया– दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बिहीबार मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन् । साढे १२ बजेसम्म ४५ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बर्दियामा विभिन्न ठाउँको मतदान केन्द्रमा तीन मन्त्रीले मतदान गरेका छन् । प्रतिकूल मौसमकाबीच सुरु भएको मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । मौसम ७ बजेपछि सुधार हुँदै गएकापछि मतदातालाई सहज भएको छ । बाम गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बाँसगढी नगरपालिका ८ ककौरामा रहको त्रिभुवन माविबाट मतदान गरेका छन् ।
सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले बर्दियाको गुलरियास्थित बालमन्दिर मतदान केन्द्रबाट मतदान गरे । गौतमद्धय क्षेत्र न १ का प्रतिनिधिसभाका उमेदवार हुन् । बिना विभागीय मन्त्री सन्तकुमार थारुले बारबर्दिया नगरपालिका–२ स्थित जोगीगाउँमा रहेको युवक माविको केन्द्रबाट मतदान गरेका छन् । भूमिसुधार मन्त्री गोपाल दहितले राजापुर नगरपालिका वडान–२ मा रहेको ज्ञानोदय प्रावि सोहरिया मतदान केन्द्रबाट मतदान गरेका छन् ।
बिना विभागीय मन्त्री सन्कुतमार थारु र भुमिसुधार मन्त्री गोपाल दहित बर्दिया क्षेत्रनं –२ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
बर्दियामा ३ सय २९ मतदान केन्द्र मध्ये ५७ बटा अतिसंवेदनशील, ४५ वटा संमेदनशील र ५१ वटा मतदान केन्द्र सामान्य छन् । २ हजार ६ सय ३२ जना कर्मचारी र करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
दुई प्रतिनिधि र चार प्रदेशसभाका लागि २ लाख ७२ हजार ४ सय ७७ मतदाता रहेका छन् । मतदान शान्तिपूर्वक र उत्साहजनक भईरहेको सहायक निर्वाचन अधिकृत देवराज भारतीले बताए । निर्वाचन सुरक्षाका लागि  तीन घेरामा सुरक्षाकर्मी पचिलालित छन् । ६ सय नेपाली सेना, ५ सय सशस्त्र प्रहरी बल र ३ हजार नेपाल प्रहरी र म्यादी प्रहरी खटिएको तथ्यांक छ ।

प्रकाशित: २१ मंसिर २०७४ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App