coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जलेको मन सार्वजनिक

काठमाडौं— अमेरिकाबासी पत्रकार एवं साहित्यकार गुणराज लुइँटेलद्वारा लिखित कविता संग्रह जलेको मन शुक्रबार काठमाडौंमा लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, प्रा.डा. खगेन्द्र लुइँटेल, नेपाल पत्रकार महासंघका सभापति डा.महेन्द्र विष्ट, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजआवद्ध साहित्यकार एवं लेखक स्वयं उपस्थित भएर पुस्तक सार्वजनिक गरिएको हो।

२०४६ सालपछि राष्ट्रिय मिडियामा रहेर मूलधारको पत्रकारिता गरेका लुइँटेल वि.सं. ५० को दशकको उत्तराद्र्धमा अमेरिकातिर लागेका थिए।

मेरो कथा प्रतिनिधि मात्र हो। यस्ता पीडा र छटपटीका कथाहरु खाडीमा त्यतिकै छन्। अन्य ठाउँका नेपालीसँग पनि उत्तिकै छन्।

डायस्पोरा विस्तारले नेपाली साहित्य विश्वव्यापी बनाउँदै लगेको सन्दर्भमा लुइँटेलले अधा दशकभन्दा बढी समय लगाएर लेखेका कविताको संग्रह प्रकाशनमा ल्याएका हुन्। पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अमेरिका अवसरको भूमि भए पनि नेपाल छाड्दा हुने विछोडको पीडा, चाडपर्वमा एक्लै हुँदाको छटपटि एवं नेपालको राजनीतिक उथलपुथलले आफूमा पार्ने असर कवितामा समेटेको बताए।

व्यक्तित्व विकासको संघर्ष, आर्थिक उन्नतिको चाहले अमेरिका पुगे पनि आफूभित्र सधैँ एउटा कवि जीवित रहेको लुइँटेलले बताए। विदेश काम गर्न गएका सबै नेपालीको मनोदशा आफ्नो जस्तै रहेको भन्दै उनले भने, ‘मेरो कथा प्रतिनिधि मात्र हो। यस्ता पीडा र छटपटीका कथाहरु खाडीमा त्यतिकै छन्। अन्य ठाउँका नेपालीसँग पनि उत्तिकै छन्।’

पुस्तकको समीक्षा गर्दै प्रा.डा. खगेन्द्र लुइँटेलले लेखकले इमान्दारिपूर्वक आफ्नो पृष्ठभूमि र दुःखका कुराहरु पुस्तकमा समेटेको जनाए। जलेको मनभित्रका कवितामा डायस्पोरा चेतनाको प्रशस्त रहेको उनको कथन थियो। जीवन भोगाइका विभिन्न आरोहअवरोह तथा लेखकको व्यक्तित्वमा पाइने भद्रता, शिष्टता र शालीनता कवितामा प्रतिविम्बित भएको उनले सुनाए। गहन विचारको सरल र सहज प्रस्तुति तथा परिष्कृत, परिमार्जित र शुद्ध भाषिक विन्यास कवितामा रहेको उनको कथन थियो।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकारहरु राधेश्याम लेकाली, सन्ध्या पहाडी तथा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट लगायतले बोलेका थिए।
 

प्रकाशित: २१ श्रावण २०७३ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App